रास्वपा महाधिवेशन : दुई मिनेट ढिला हुँदा मतदान गर्न नपाएपछि प्रतिनिधिहरू धर्नामा
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा तोकिएको समयभन्दा दुई मिनेट ढिला गरी आइपुग्दा मतदान गर्न नपाएका प्रतिनिधिहरूले विरोध जनाएका छन्। मतदान हलमा प्रवेश गर्न नपाएपछि आक्रोशित प्रतिनिधिहरूले हल बाहिरै धर्ना सुरु गरेका छन्।
आफूहरूमाथि निर्वाचन आयोगले अन्याय गरेको गुनासो गर्दै प्रतिनिधिहरूले मतदान गर्न पाउनुपर्ने माग राखेका छन्। उनीहरूले आफूहरूलाई भित्र प्रवेश गराउन जोडदार माग गरिरहेका छन्।
यता, निर्वाचन आयोगका पदाधिकारीहरूले भने तोकिएको समय सकिएको र त्यसपछि पटक–पटक माइकिङसमेत भइसकेकाले अब ढोका खोल्न नसकिने अडान लिएका छन्। हाल मतदान स्थल परिसरमा तनावको स्थिति सिर्जना भएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment