आजको राशिफल: तुला राशिलाई ‘धनलक्ष्मी योग’, कुम्भ र वृषको शुभ दिन, अन्य राशिको कस्तो छ त अवस्था?

डिसी नेपाल
१४ असार २०८३ ६:३३

मेष : दिन सामान्य छ। साना कुराले व्यवहारमा अवरोध गर्नेछन्। मनमा चिन्ता बढ्नेछ। व्यापारमा गरेको लगानी डुब्ने जोखिम छ। राजनीति र स्वास्थ्यको क्षेत्रमा भने सुधारका संकेत देखिनेछन्।

वृष : दिन राम्रो छ। योजना सफल बन्नेछ। राज्यको माथिल्लो निकायमा नियुक्तिको अवसर प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा प्रगति हुनेछ। महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने अवसर मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। काम सफल बन्नेछ। बोलीमा मधुरता आवश्यक देखिन्छ। तपाईंको कामको प्रशंसा हुनेछ। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट बढी फाइदा हुनेछ।

कर्कट : आज दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर प्राप्त होला। सम्पत्ति खर्च भए पनि तपाईंको चर्चा बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।

सिंह : दिन सामान्य छ। मन अशान्त बन्नेछ। आफूभन्दा ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु उचित हुनेछ। अनावश्यक खर्च बढेर परिवारमा बोझ थपिने जोखिम छ।

कन्या : दिन राम्रो छ। आम्दानी बढ्नेछ। तपाईंको विदेश जाने योजना भए आज नहिँड्नु राम्रो हुनेछ। स्वदेशमै लगानीका राम्रा सम्भावना भेटिनेछन्। परिवारको साथ लिएर गरेको काम सफल बन्नेछ।

तुला : आज विशेष धनलक्ष्मी योग परेको छ, समयको सदुपयोग गर्नुहोला। परिवारसँगको सल्लाहमा गरेको काम सफल बन्नेछ। गुरुसँगको संगत बढ्नेछ। कलाको क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। राजनीतिक क्षेत्रमा भने ठगहरू सक्रिय भएकाले सचेत बन्नुपर्नेछ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। निजी प्रयासले सफलता प्राप्त गर्नेछ। परिवारको छायामा दिन बित्नेछ। ठुला व्यक्तिसँगको संगतले महत्त्वपूर्ण काम बन्नेछ।

धनु : दिन सामान्य छ। हरेक काममा अवरोध देखिन सक्छ। स्वास्थ्यमा समस्या आउनाले मन अशान्त बन्नेछ। यद्यपि, परिवारको साथ र सहयोग प्राप्त हुनेछ। व्यापारमा भन्दा राजनीतिक क्षेत्रमा तपाईंको नाम बढी चल्नेछ।

मकर : परिवारसँग रमाइलो घुमघामको योग तय हुनेछ। सञ्चित धन खर्च हुन सक्छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। तपाईंका विपक्षीहरू बौद्धिक भएकाले आज थोरै बोलेर संयमित रूपमा अगाडि बढ्नु उचित हुन्छ।

कुम्भ : आज निकै शुभ दिन छ। यात्राको अवसर मिल्नेछ भने आम्दानीका नयाँ स्रोतहरू भेटिनेछन्। बौद्धिक व्यक्तिहरूसँगको भेटले प्रगति गराउनेछ। ठुला व्यक्तिको सल्लाह लिएर अगाडि बढ्नु राम्रो हुन्छ। आफ्नो श्रमको उचित मूल्य मिल्नेछ।

मीन : शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। बोल्दा अलि सोचेर मात्र बोल्नुपर्ने देखिन्छ। स्वास्थ्यमा सुधार आउनेछ। परिवारको साथमा गरेको काम सफल बन्नेछ भने हरेक कार्य गर्दा मनमा उत्साह बढ्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *