कराँचीको रेन्जर्स क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु

डिसी नेपाल
१४ असार २०८३ १२:५८

काठमाडौं । बीबीसी उर्दूका अनुसार पाकिस्तानी सेनाले शनिबार राति कराँचीमा रहेको पाकिस्तान रेन्जर्स सिन्ध क्याम्पमा भएको आक्रमणमा तीन सुरक्षाकर्मी मारिएको पुष्टि गरेको छ।

सेनाले जवाफी कारबाहीमा तीन आक्रमणकारी पनि मारिएको बताएको छ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभाग, आईएसपीआरले अपरेशनको क्रममा एक आक्रमणकारी, एक अफगानी नागरिक, घाइते अवस्थामा पक्राउ परेको बताएको छ।

शनिबार राति कराँचीको गुलिस्तान-ए-जोहर क्षेत्रमा रहेको रेन्जर्स कार्यालय नजिकै विस्फोट र गोलीबारी भएको थियो।

यो घटना गुलिस्तान-ए-जोहरको ब्लक ५ मा रहेको रेन्जर्स भवन नजिकै भएको हो। प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार विस्फोट सुनिएको थियो र त्यसपछि गोली चलेको आवाज पनि सुनिएको थियो।

अतिवादी संगठन जमात-उल-अहरारसँग सम्बन्धित समूहले आक्रमणको जिम्मेवारी लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *