रुपन्देहीमा ३५ थान आइफोनसहित एक जना पक्राउ
काठमाडौं । रुपन्देहीमा भन्सार छली गरी भारतबाट नेपाल ल्याउँदै गरेको अवस्थामा ठूलो परिमाणमा आइफोनसहित एक युवक पक्राउ परेका छन्।
प्रहरीले कोटहीमाई गाउँपालिका–५ बेनीनगरबाट सोही गाउँपालिका वडा नम्बर २ का ३६ वर्षीय पवनकुमार मुरावलाई पक्राउ गरेको हो। विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनले चलाएको ‘यूपी ५३ डीएक्स ८८३८’ नम्बरको भारतीय मोटरसाइकल जाँच गर्ने क्रममा उक्त अवैध सामान फेला पारेको थियो।
प्रहरीका अनुसार मुरावको साथबाट बरामद गरिएका ३५ थान आईफोनको बजार मूल्य अन्दाजी २० लाख ५० हजार रुपैयाँ रहेको छ। पक्राउ परेका मुरावलाई बरामद मोबाइल, मोटरसाइकलसहित आवश्यक कानुनी कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment