कीर्तिपुर होल्डिङ सेन्टरबाट एक जना पक्राउ
कीर्तिपुर । कीर्तिपुरस्थित राधास्वामी सत्संगको होल्डिङ सेन्टरबाट सार्वजनिक शान्तिविरुद्धको कसुरमा एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका–३९ वर्षीय डम्बर तामाङ रहेका छन्। होल्डिङ सेन्टरमा बस्दै आएका तामाङले त्यहाँको शान्ति व्यवस्थामा खलल पुर्याएको आरोप लागेको छ।
जिल्ला प्रहरी परिसरका प्रवक्ता एवं एसपी पवनकुमार भट्टराईका अनुसार, तामाङविरुद्ध सार्वजनिक शान्ति खलल पार्ने कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। घटनाको अनुसन्धानका लागि म्याद थप गर्न उनलाई जिल्ला अदालतमा पेस गरिएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment