कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

डिसी नेपाल
१८ असार २०८३ १६:०९

दैलेख। कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा परेको यात्रुवाहक गाडी १४ जना सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको क.प्र. ०२–००ख १०५५ नम्बरको गाडी आज सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको थियो। दुर्घटनास्थलमा एक जना पहिचान नखुलेका पुरुषको शव फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्रवणकुमार विकले जानकारी दिनुभयो।

सो गाडी अनियन्त्रित भई नदीमा खसेको अनुमान गरिएको छ। दुर्घटनास्थलमा ३५ जनाको प्रहरी टोली उद्धारका लागि खटिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *