सहुलियत मूल्यमा चामल बिक्री
खलङ्गा (दार्चुला)। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय दार्चुलाले उपभोक्तालाई राहत दिने उद्देश्यले सबै प्रकारका चामलमा प्रतिकिलो रु १० सहुलियत छुटसहित बिक्री वितरण सुरु गरेको छ।
कम्पनीको प्रधान कार्यालयको निर्देशनअनुसार यही असार १२ गतेदेखि लागू हुने गरी चामलमा सहुलियत छुट प्रदान गरिएको शाखा कार्यालयले जनाएको छ। उक्त सहुलियत असार मसान्तसम्म मात्र कायम रहने छ।
नयाँ मूल्यसूचीअनुसार अरुवा मोटा चामलको मूल्य प्रतिकिलो रु ५६ बाट घटाएर रु ४६ कायम गरिएको छ। पच्चीस किलोग्रामको एक बोराको मूल्य रु एक हजार १५० तोकिएको छ।
त्यसैगरी, स्टिम जिरा मसिनो चामलको मूल्य प्रतिकिलो रु ८४ बाट घटाएर रु ७४ कायम गरिएको छ भने पच्चीस किलोग्रामको एक बोराको मूल्य रु एक हजार ८५० निर्धारण गरिएको शाखाले जनाएको छ।
यस्तै गहुँको मूल्यमा भने कुनै परिवर्तन गरिएको छैन। गहुँ साविककै प्रतिकिलो रु ५३ मा बिक्री भइरहेको छ भने २५ किलोग्रामको एक बोराको मूल्य रु एक हजार ३२५ कायम गरिएको कम्पनीले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment