दैनिक राशिफल: धनलक्ष्मी योगदेखि कार्य सफलतासम्मको शुभ दिन
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सोचेजस्तै सफलता मिल्नेछ। व्यापार व्यवसायमा राम्रो लाभ हुने देखिन्छ भने नाफा आर्जनका लागि नयाँ सहकार्यको हात बढाउनु फलदायी हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनुका साथै पारिवारिक मेलमिलापको बलियो योग रहेको छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
तपाईंको बोलीको प्रभाव बढ्नेछ र अड्किएका कामहरू बन्नेछन्। केही सम्पत्ति खर्च भए पनि तपाईंको मुख्य लक्ष्य पूरा हुनेछ। शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट राम्रो फाइदा मिल्नेछ। परिवारका सदस्यहरूसँग बसेर रमाइलो पलहरू साट्ने अवसर प्राप्त हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज एकपछि अर्को समस्याहरू थपिन सक्ने भएकाले सतर्क रहनुहोला। बोली र व्यवहारमा एकरुपता नदेखिँदा जोखिम बढ्न सक्छ। यद्यपि, स्वास्थ्यमा भने क्रमिक सुधार हुनेछ। परिवारमा एकापसमा अविश्वास गर्ने बानीले केही अप्ठ्यारो परिस्थिति सिर्जना गर्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
तपाईंका लागि आजको दिन निकै शुभ रहनेछ। साथीभाइको बलियो साथ पाउनाले रोकिएका कामहरू सुचारु हुनेछन्। शिक्षामा भने केही ढिलासुस्ती हुन सक्छ। आज पश्चिम दिशाको लामो यात्रा नगर्नु नै उचित हुनेछ। परिवारको सल्लाह र सहमतिमा गरेका कामहरू सफल बन्नेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन कम बोल्नु र आफ्नो काममा ध्यान दिनु उचित हुनेछ। आफ्ना गोपनीयताहरू भंग नगर्दा नै भलाइ हुन्छ। व्यावहारिक जीवनमा सानातिना कुराले पनि झन्झट निम्त्याउन सक्ने भएकाले धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज दिनभरि नै कुनै शुभ खबर सुन्न पाइनेछ। व्यवहारमा सकारात्मक सुत्रहरू पत्ता लाग्नाले मन प्रफुल्ल रहनेछ। स्वास्थ्यले पूर्ण साथ दिनेछ। परिवारसँग कुनै रमाइलो स्थानको घुमघाम तय हुन सक्छ भने प्रेम सम्बन्ध थप सुमधुर बन्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा गर्दा विशेष सचेत हुनुपर्ने देखिन्छ। आफ्नो श्रमको मूल्य अर्कैले लैजाने वा जस नपाइने जोखिम छ। शिक्षाको क्षेत्रमा थप मिहिनेतको आवश्यकता पर्नेछ। स्वास्थ्यमा भने सुधारका सकारात्मक संकेतहरू देखिनेछन्। राजनीतिक क्षेत्रमा लागेकाहरूका लागि प्रगति हुने दिन छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन धेरै वादविवादमा नपरी कम बोल्नु नै हितकर हुनेछ। साथीभाइको राम्रो साथ मिल्नेछ। बौद्धिक व्यक्तित्वहरूसँगको अन्तरक्रिया र छलफलले मन प्रसन्न रहनेछ। परिवारमा रमाइलो घुमघामको योजना बन्नेछ भने शिक्षाको क्षेत्रमा राम्रो प्रगति हुनेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज तपाईंको राशिमा विशेष धनलक्ष्मी योग परेको छ। लामो समयदेखि गुम्न लागेको वा फसेको धन अचानक हात लाग्न सक्छ। स्वास्थ्यमा राम्रो सुधार आउनेछ। राज्यको माथिल्लो निकाय वा सरकारी क्षेत्रबाट तपाईंकै पक्षमा महत्त्वपूर्ण निर्णय हुन सक्छ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
तपाईंका लागि आजको दिन समग्रमा राम्रो छ। शिक्षाको क्षेत्रमा उल्लेखनीय प्रगति हुनेछ भने निजी शैक्षिक संस्थामा गरेको लगानीबाट राम्रो फाइदा मिल्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको पहुँच र प्रभाव बलियो रहनेछ। आफ्ना व्यक्तिगत गोपनीयताहरू सुरक्षित राख्नुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको दिन सामान्य रहनेछ। अनावश्यक यात्राका कारण खर्चको मात्रा बढ्न सक्छ। विपक्षी वा प्रतिस्पर्धी साथीहरूसँग सहकार्य गर्दा सचेत बन्नुहोला। खानपानमा विशेष ख्याल नगर्दा स्वास्थ्य सम्बन्धी समस्याले सताउन सक्छ। धार्मिक कार्यमा सहभागी भएमा दिन सहज र शान्त बन्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
तपाईंका लागि दिन राम्रो र फलदायी रहनेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ भने कुनै परीक्षा दिनुभएको भए नतिजा अनुकूल आउनेछ। यद्यपि, बोल्दा र आफ्ना विचारहरू राख्दा सचेत बन्नुहोला। प्रेम सम्बन्ध सुमधुर रहनेछ र विगतको मिहिनेतको उचित फल मिल्ने योग छ।






डिसी नेपाल





Facebook Comment