कांग्रेस नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा डा. सुरेश आचार्य नियुक्त भएका छन्।
नेपाली कांग्रेसका उपसभापति एवं प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले पार्टीको विधान र नियमावलीको व्यवस्थाबमोजिम भक्तपुर निवासी डा. आचार्यलाई उक्त जिम्मेवारी सुम्पिएका हुन्।
पार्टी विधान २०१७ (संशोधन सहित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को परिच्छेद १२, नियम ३३ अनुसार गठित प्रतिष्ठानमा उनको यो नियुक्ति आगामी २०८३ साउन १ गतेदेखि लागू हुने गरी गरिएको हो।
नवनियुक्त कार्यकारी निर्देशक डा. आचार्य नेपाली कांग्रेस र सञ्चार क्षेत्रमा लामो अनुभव बोकेका स्थापित व्यक्ति हुन्। उनी यसअघि नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको उपप्रमुख रहिसकेका छन्।
साथै, उनले राज्यको महत्त्वपूर्ण निकाय राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त तथा पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघको केन्द्रीय सभापति (अध्यक्ष) का रूपमा समेत कुशलतापूर्वक नेतृत्व सम्हालिसकेका छन्।






डिसी नेपाल





Facebook Comment