कांग्रेस सभापति थापाको निवास र मिडिया हाउसमा अवरोध गरेकोप्रति कांग्रेसद्वारा घोर भत्र्सना
काठमाडौं । नेपाली कांग्रेसले आफ्ना सभापति गगनकुमार थापाको निजी निवास, लोकप्रिय मिडिया हाउसको प्रवेशद्वार र व्यवसायीहरूको कार्यक्षेत्रमा अज्ञात समूहले सवारी साधन तेस्र्याई आवतजावत अवरुद्ध पारेको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ।
सोमबार महामन्त्री प्रदीप पौडेलद्वारा जारी प्रेस विज्ञप्तिमा उक्त घटनालाई स्वतन्त्र अभिव्यक्ति र लोकतान्त्रिक गतिविधिलाई त्रसित बनाउने नियोजित ‘आतंक’ को संज्ञा दिइएको छ। कांग्रेसले यस्ता अलोकतान्त्रिक शैलीले विधिको शासन र नागरिक स्वतन्त्रतामाथि गम्भीर प्रहार गरेको ठहर गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अपरिचित व्यक्तिहरूले सवारी साधन तेस्र्याई गरेको अवरोध र फैलाएको त्रासप्रति नेपाली कांग्रेस घोर निन्दा तथा भर्त्सना गर्दछ।’
कांग्रेसले घटनाको तत्काल निष्पक्ष छानबिन गरी दोषीउपर कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरेको छ। साथै, लोकतन्त्र र प्रेस स्वतन्त्रताको रक्षाका लागि सञ्चारजगत्, नागरिक समाज र आम नागरिकलाई यस्ता गतिविधि विरुद्ध एकजुट भई सशक्त प्रतिवाद गर्न पार्टीले आह्वानसमेत गरेको छ।






डिसी नेपाल





Facebook Comment