कीर्तिपुरमा कारभित्रै आगो लाग्दा जलेर एक जनाको मृत्यु, शवको पहिचान हुन बाँकी
काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिका-१ ट्याङ्लाफाँटमा सोमबार बिहान एक गुडिरहेको कारमा अकस्मात आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
बा५च ३०३८ नम्बरको कारमा अचानक आगो सल्किएपछि नियन्त्रणमा लिने क्रममा कारभित्रै जलेको अवस्थामा एक पुरुषको शव फेला परेको हो।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार कारभित्रबाट निकालिएको शव पूर्ण रूपमा जलिसकेको छ।
प्रारम्भिक अनुसन्धानबाट आगलागी भएको कार एक बैंकको नाममा दर्ता रहेको खुलेको छ। मृतक व्यक्तिको सनाखत हुन बाँकी रहेको र दुर्घटना वा अन्य कुनै कारणले आगलागी भएको हो भन्ने विषयमा सूक्ष्म अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया






डिसी नेपाल





Facebook Comment