सञ्जय राईको डेब्यु निर्देशनमा सिनेमा ‘एक्का मिस्सी बादशाह’ घोषणा, मुख्य भूमिकामा साम्राज्ञी
काठमाडौं। सञ्जय राईको डेब्यु निर्देशनमा नेपाली सिनेमा ‘एक्का मिस्सी बादशाह’को निर्माण घोषणा गरिएको छ।
शनिबार निर्देशक राईको जन्मदिनको अवसर पारेर काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच निर्माण टिमले कलाकार र प्राविधिक टोली सार्वजनिक गर्दै सिनेमा निर्माणको औपचारिक जानकारी दिएको हो। यूके बस्दै आएका निर्देशक राईको यो पहिलो निर्देशन यात्रा हो।
मोहिनीदेवी राईको प्रस्तुतिमा बन्न लागेको यस सिनेमामा अभिनेत्री साम्राज्ञी आरएल शाह मुख्य भूमिकामा देखिनेछिन्। सिनेमामा ‘आश’ पात्रको भूमिकामा रहने साम्राज्ञीको बोल्ड लुक्ससहितको तस्बिर समेत सार्वजनिक गरिएको छ।
केही समयको अन्तरालपछि सिनेमामा फर्किएकी साम्राज्ञीले आफ्नो सोच र भिजनसँग मिल्ने साहसिक, बोल्ड, निडर र फरक किसिमको पात्र पाएकाले यस परियोजनामा जोडिन पाएकोमा उत्साह व्यक्त गरिन्।
‘कोही जित्छन्, कोही हार्छन्, कोही बादशाह बन्छन्’ भन्ने ट्यागलाइन राखिएको यस सिनेमाले युवापुस्ता, सामाजिक सञ्जालको प्रभाव, प्रेम, सम्बन्ध र जीवनका उतारचढावको कथा प्रस्तुत गर्ने निर्देशक राईले बताए। सिनेमामा कार्यकारी निर्माता सुदीप्ता, लाइन प्रोड्युसर एलोन गुरुङ, प्रोजेक्ट सुपरभाइजर सुपथ श्रेष्ठ, छायांकार नरेन्द्र मैनाली, संगीत निर्माता निकेश कार्की र रोमन बज्राचार्य, स्टाइलिस्ट आशिम रानाभाट तथा सम्पादक सुनिल शिवभक्ति रहेका छन्।
आगामी फागुनबाट छायांकन सुरु हुने यस सिनेमाका लागि ‘क्रिश’ र ‘अर्जुन’ नामका दुई मुख्य पुरुष पात्रको खोजी भइरहेको र त्यसका लागि अडिसन खुला गरिएको निर्माण पक्षले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment