साउनको दोस्रो सोमबार: देवादिदेव महादेवको कृपा कसलाई? हेर्नुहोस् आजको राशिफल
आज साउन महिनाको दोस्रो सोमबार। भगवान् शिवको विशेष पूजा-आराधना र व्रत बस्ने दिन। आजको दिन कुन राशिका लागि कस्तो रहनेछ, हेर्नुहोस् आजको राशिफल:
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धार्मिक र आध्यात्मिक कार्यमा मन जानेछ। शिवजीको आराधनाले अधुरा कामहरू बन्नेछन्। स्वास्थ्यमा राम्रो सुधार आउनेछ भने व्यापार-व्यवसायमा मध्यम लाभ हुनेछ।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाइलेखाइ र सिर्जनात्मक काममा सफलता मिल्नेछ। पारिवारिक सहयोग प्राप्त हुनेछ। बोलीको प्रभाव बढ्नेछ, तर खानपानमा अलि ध्यान दिनुहोला।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक दृष्टिकोणले आजको दिन शुभ छ। रोकिएका धन फिर्ता हुन सक्छन्। महादेवको दर्शनले मनमा शान्ति र नयाँ ऊर्जा थप्नेछ। नयाँ कार्यको थालनी गर्न सकिनेछ।
-
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो) मनमा अलि अस्थिरता वा चिन्ता हुन सक्छ, तर शिव भगवानको जल अर्पण र पूजा गर्नाले मानसिक शान्ति मिल्नेछ। रोकिएका अधुरा कामहरू बिस्तारै अघि बढ्नेछन्।
-
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे) आजको दिन लाभदायी रहनेछ। साथीभाइ र परिवारको पूर्ण साथ पाइनेछ। कार्यक्षेत्रमा मान-सम्मान वृद्धि हुनेछ। धार्मिक यात्राको योग बनेको छ।
-
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) तपाईंको कर्मको उचित फल मिल्नेछ। नयाँ जिम्मेवारी वा अवसर हात पर्न सक्छ। व्यापार तथा व्यवसायमा प्रगति हुनेछ। दिन उत्साहजनक रहनेछ।
-
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते) भाग्यले साथ दिनेछ। रोकिएका ठूला कामहरू बन्ने सम्भावना छ। सामाजिक कार्यमा रुचि बढ्नेछ र धार्मिक आस्थामा वृद्धि हुनेछ।
-
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू) स्वास्थ्यमा केही सामान्य उतारचढाव आउन सक्छ, त्यसैले सतर्क रहनुहोला। गोपनीयतामा ध्यान दिनुहाेला। शिवजीको मन्त्र जप्नाले सोचेका बाधा हट्नेछन्।
-
धनु (ये, यो, भा, भी, भू, धा, फा, ढा, भे) दाम्पत्य जीवन सुखद् रहनेछ। साझेदारीको काममा सफलता मिल्नेछ। यात्राको सम्भावना छ। आफन्तसँगको सम्बन्ध थप प्रगाढ हुनेछ।
-
मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। रोकिएका कामहरू हल हुनेछन्। परिश्रमअनुसारको राम्रो नतिजा मिल्नेछ। स्वास्थ्य सबल रहनेछ।
-
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) विद्यार्थीहरूका लागि आजको दिन धेरै राम्रो छ। सिर्जनात्मक र रचनात्मक काममा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा निकटता आउनेछ।
-
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) पारिवारिक वातावरण रमाइलो रहनेछ। भौतिक साधनको उपभोग गर्न पाइनेछ। आमा वा परिवारको कुनै वरिष्ठ सदस्यको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ।
आजको विशेष : साउनको सोमबार महादेवलाई जल, बेलपत्र र चन्दन अर्पण गरी ॐ नमः शिवाय मन्त्रको जप गर्नाले मनले चिताएको पुग्नेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment