सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरु गीति’ सार्वजनिक
काठमाडौं। लामो समयको अन्तरालपछि साङ्गीतिक समूह सत्यकृत ब्यान्डको नयाँ भक्तिभजन ‘गुरु गीति’ को भिडियो सार्वजनिक भएको छ। गुरु पूर्णिमाको पावन अवसर पारेर ‘सत्यकृत’ आधिकारिक युट्युब च्यानलमार्फत उक्त भिडियो बजारमा ल्याइएको हो।
सार्वजनिक भजनमा सुरसाधुको स्वर, शब्द तथा सङ्गीत रहेको छ भने यसको अडियो मुम्बईमा रेकर्ड गरिएको ब्यान्डले जनाएको छ।
यस देवभूमि तथा पुण्यभूमि नेपालमै जन्मिनुभएका सद्गुरु श्रीहजुरको दिव्य ज्ञान, सत्सङ्ग, मार्गनिर्देशन र अनुकम्पाले रूपान्तरित लाखौँ जीवनहरूमध्ये एक कोमल युवा योगी साधकको भक्ति यात्राको झलकलाई भिडियोमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
मानिसले आफ्ना असल-खराब स्वभाव, कुभाव तथा आत्मालाई भार पार्ने सम्पूर्ण नकारात्मक धारणाहरू गुरुको चरणमा पूर्ण समर्पणका साथ त्यागेर नै साँच्चै शुद्ध र बुद्ध बन्न सक्ने तथा आफूभित्रको ईश्वरत्व जागृत गर्न सकिने सन्देश भजनमार्फत दिन खोजिएको छ। पूर्ण समर्पणबाट मात्रै गुरुबाट कल्याण प्राप्त गर्न सम्भव हुने भाव यस गीतमा समेटिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment