रास्वपाको उदय जति छिटो भयो, पतन पनि त्यति नै छिटो हुन्छ : शंकर पोखरेल

डिसी नेपाल
१५ साउन २०८३ १५:४८

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को राजनीतिक भविष्यलाई लिएर कडा टिप्पणी गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वपा लामो समयसम्म एमालेका लागि राजनीतिक चुनौती नबन्ने दाबी गरे।

महासचिव पोखरेलले कुनै पनि राजनीतिक शक्तिको उदय जसरी द्रुत गतिमा हुन्छ, त्यसको पतनको सम्भावना पनि उत्तिकै तीव्र हुने तर्क राखे।

‘यो शक्तिको जति छिटो उदय भएको छ, यसको पतन सम्भावना त्यति नै ज्यादा हुन्छ भन्ने बुझ्नुपर्छ। जति छिटो उदय, त्यति छिटो पतन,’ उनले भने।

कार्यक्रममा महासचिव पोखरेलले अन्य दलहरूको आलोचना गर्नुभन्दा पनि एमाले आफैँ आन्तरिक सुदृढीकरणमा जुट्नुपर्ने औंल्याए। पार्टीबाट टाढिएका विभिन्न वर्ग र समुदायलाई पुनः जोड्ने कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ।

‘हामीले छिटो तयारी गर्नुपर्छ। पार्टीबाट टाढिएका वर्ग र समुदायलाई पार्टीसँग जोड्ने काम छिटो गर्नुपर्छ,’ पोखरेलले थपे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *