नेप्सेमा २१.१५ अंकको गिरावट, ४ अर्ब ७ करोडको कारोबार
काठमाडौं। नेप्सेमा आज पनि गिरावट आएको छ। आज मंगलबार नेप्से २१.१५ अंकले घटेर २६६३.१८ विन्दुमा पुगेर रोकिएको छ।
आज ३४३ कम्पनिका एक करोड ७ लाख ६१ हजार ३९६ कित्ता शेयर ४ अर्ब ७ करोड ८ लाख ५३ हजार ६१० मा कारोबार भएको थियो। आज सबै क्षेत्रको शेयर मुल्य घटेको छ।
आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने खानी खोला हाइड्रोको शेयर १०.०७ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी सप्तकोशी विकास बैंकको शेयर १३.४३ प्रतिशतले घटेको छ।
त्यस्तै आज सबै भन्दा बढी खानी खोला हाइड्रोको ४० करोड ६६ लाख बराबरको कारोबार भएको छ भने सिद्धार्थ बैंकको १६ करोड ७७ लाख बराबरको कारोबार भएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment