आजको राशिफल: कस्तो छ त तपाईंको ग्रहदशा र दिन?
काठमाडौं। ग्रहगोचर र नक्षत्रको स्थिति अनुसार आजको दिन विभिन्न राशि भएका व्यक्तिहरूका लागि मिश्रित फलदायी रहनेछ। केही राशिका लागि आजको दिन नयाँ अवसर र आम्दानीको योग बोकेर आएको छ भने केही राशिका व्यक्तिहरूले सजगता अपनाउनुपर्ने देखिन्छ।
विभिन्न १२ राशिको आजको राशिफल यस प्रकार रहेको छ:
-
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन शुभ रहनेछ। लामो समयदेखि रोकिएका कामहरू बन्नेछन्। शिक्षा तथा स्वास्थ्य क्षेत्रमा गरिएका प्रयासहरू सफल हुनेछन्। सामाजिक र राजनीतिक क्षेत्रमा सेवाको नयाँ अवसर मिल्नुका साथै परिवारमा बौद्धिक छलफल हुनेछ।
-
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): दिन सामान्यतया राम्रो छ। स्वास्थ्यमा क्रमिक सुधार आउनेछ। शिक्षामा गरिएको लगानीले राम्रो प्रतिफल दिनेछ। नयाँ लगानीका लागि हिम्मत जुटाउनुपर्ने समय छ। दाम्पत्य जीवन सुखद् रहनेछ भने राजनीतिक क्षेत्रमा पनि सेवाको अवसर प्राप्त हुनेछ।
-
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): आजको दिन अत्यन्तै फलदायी रहनेछ। आम्दानीका नयाँ स्रोतहरू पहिचान हुनेछन्। राजनीतिमा मानसम्मान प्राप्त हुने योग छ। पारिवारिक संकटको समाधान मिल्नेछ। यद्यपि, कसैसँग व्यवहार गर्दा सचेत हुनुपर्छ र शिक्षाका क्षेत्रमा थप मिहिनेतको आवश्यकता देखिन्छ।
-
कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो): जग्गाजमिनको कारोबारबाट राम्रो फाइदा हुनेछ। व्यापार-व्यवसायबाट मनमा खुसी छाउनेछ। स्वास्थ्य र शिक्षामा गरिएको लगानी अनुसार थप मिहिनेत गर्नुपर्नेछ। राजनीतिमा आफ्नै सहयोगी साथी विपक्षी कित्तामा पुग्न सक्ने भएकाले सतर्क रहनुहोला।
-
सिंह (मा, मी, मू, मे, मो, टा, टी, टू, टे): आजको दिन अनुकूल छ। बोली र व्यवहारमा सन्तुलन मिलाउन सके रोकिएका काम बन्नेछन्। अप्ठ्यारो परिस्थितिमा परिवारको पूर्ण साथ पाइनेछ। शिक्षामा गरिएको लगानीले लाभ दिनेछ। साथीभाइसँगको सहकार्य सफल हुनुका साथै परिवारसँग रमाइलो समय बिताउने अवसर मिल्नेछ।
-
कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो): व्यावहारिक दायित्व र बोझ बढ्न सक्छ। विपक्षीहरूसँगको वार्ता वा छलफलले मनमा शान्ति मिल्नेछ। पारिवारिक निर्णयहरू गर्दा सबैको सहमति लिएर अघि बढ्नु बुद्धिमानी हुनेछ। आम्दानीका पुराना स्रोतहरूलाई निरन्तरता दिनु उत्तम हुनेछ।
-
तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते): कला र सिर्जनात्मक क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। बन्धुबान्धवसँगको सहकार्यमा सफलता मिल्नेछ। राजनीतिमा प्रगति हुनेछ भने प्रेम सम्बन्ध अझ सुमधुर बन्नेछ। यद्यपि, शैक्षिक क्षेत्रमा थप मिहिनेत गर्नुपर्नेछ।
-
वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू): दिन सामान्य रहनेछ। समय र आर्थिक स्रोत अलि बढी खर्च हुन सक्छ। शिक्षामा गरिएको श्रमको उचित मूल्याङ्कन नहुन सक्छ, सजग रहनुहोला। प्रतिस्पर्धी वा विपक्षीहरूसँग सावधान रहनुपर्ने समय छ। दिनको सुरुवात धार्मिक कार्यबाट गरेमा लाभ मिल्नेछ।
-
धनु (ये, यो, भ, भी, भू, धा, फा, ढा, भे): दिन फलदायी रहनेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरिएको लगानीबाट सकारात्मक परिणाम मिल्नेछ। परिवारमा खुसीको माहौल रहनेछ। अनावश्यक खर्च कटौती गर्ने समय आएको छ। आज मन मिल्ने पुराना साथीसँग भेटघाट हुनेछ।
-
मकर (भो, जा, जी, खी, खू, खे, खो, गा, गी): दिन मध्यम छ। सञ्चित धन र समय यात्राका कारण खर्च हुन सक्छ। तर, स्वास्थ्य र शिक्षा क्षेत्रको लगानीबाट भने लाभ नै हुनेछ। राजनीतिक गतिविधिमा धेरै अगाडि नबढ्नु नै आजका लागि उपर्युक्त हुनेछ।
-
कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा): दिन शुभ छ। आफ्ना सम्पत्तिको सही सदुपयोग गर्नुहोला। साथीभाइसँगको अधिक सहकार्य वा भागदौडले स्वास्थ्यमा केही समस्या ल्याउन सक्छ। परिवारमा मेलमिलापको वातावरण बन्नेछ भने प्रेम सम्बन्ध थप प्रगाढ हुनेछ।
-
मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची): आज धार्मिक तथा शुभ कार्यमा सहभागी हुने अवसर मिल्नेछ। पुराना साथीभाइसँगको भेटघाटले नयाँ कार्ययोजना बनाउन मद्दत पुग्नेछ। व्यापारमा गरिएको लगानीबाट नाफा हुनेछ। साथीभाइको सहयोगले काम गर्ने उत्साह र ऊर्जा थप्नेछ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment