शाओमीको नयाँ ‘Xiaomi Watch S5 46mm’ नेपाली बजारमा सार्वजनिक, मूल्य ३९,९९९ रुपैयाँ
काठमाडौँ। विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले आकर्षक डिजाइन, लामो ब्याट्री क्षमता, उन्नत स्वास्थ्य निगरानी तथा खेलकुदसम्बन्धी आधुनिक सुविधाहरूले युक्त नयाँ ‘Xiaomi Watch S5 46mm’ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक गरेको छ।
यस नयाँ स्मार्टवाचमा १.४८ इन्चको AMOLED डिस्प्ले रहेको छ, जसको रिजोलुसन ४८०×४८० पिक्सेल, ३२३ ppi र २५०० निट्ससम्मको उच्च ‘ब्राइटनेस’ (चमक) रहेको छ। यसले गर्दा कडा घाममा पनि डिस्प्ले स्पष्ट देख्न सकिन्छ।
स्टेनलेस स्टिल फ्रेम, विभिन्न बेजेल तथा स्ट्र्यापका विकल्प र करिब ४६ ग्राम तौल रहेको यो घडी हलुका, आकर्षक र आरामदायी रहेको कम्पनीले जनाएको छ।
यसमा ८१५mAh क्षमताको शक्तिशाली ब्याट्री रहेको छ, जसले सामान्य प्रयोगमा एक पटकको पूर्ण चार्जमै अधिकतम २१ दिनसम्म साथ दिन्छ। साथै, मुटुको धड्कन, रगतमा अक्सिजनको मात्रा (SpO₂), निद्रा तथा अन्य स्वास्थ्य सूचकहरूको सटीक निगरानीका लागि सुधारिएका सेन्सर र आधुनिक एल्गोरिदम समावेश गरिएका छन्। साप्ताहिक तथा मासिक निद्रा प्रतिवेदन र ‘Sleep HRV’ जस्ता सुविधाहरूले प्रयोगकर्तालाई आफ्नो स्वास्थ्यबारे विस्तृत जानकारी प्रदान गर्छन्।
खेलकुद तथा व्यायामप्रेमीका लागि यसमा १५० भन्दा बढी ‘स्पोर्ट्स मोड’, डुअल-ब्यान्ड पाँच-प्रणालीयुक्त GNSS, तथा साइकल यात्राका लागि स्मार्टफोनसँग जोडिने ‘रियल-टाइम ड्यासबोर्ड’ सुविधा उपलब्ध छ।
यसको नयाँ ‘प्यासन मोड’ (Passion Mode) ले ताली बजाउने, हात हल्लाउने वा मुट्ठी कस्ने जस्ता शारीरिक गतिविधिलाई पहिचान गरी मुटुको धड्कन, खर्च भएको क्यालोरी र उत्साहको विवरण अभिलेख राख्न सक्छ।
ब्लुटुथ ५.४, NFC, ५ATM (पानी प्रतिरोधी) क्षमता तथा प्रिमियम डिजाइनको संयोजन रहेको यो स्मार्टवाच आधुनिक जीवनशैली, स्वास्थ्य निगरानी र सक्रिय खेलकुद गतिविधिका लागि उत्कृष्ट रोजाइ हुने कम्पनीको विश्वास छ।
नेपाली बजारमा ‘Xiaomi Watch S5 46mm’ को आधिकारिक मूल्य रु. ३९,९९९/– तोकिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment