नेपाल टेलिकमद्वारा बक्यौता महसुलमा जरिवाना छुटको घोषणा: पुस मसान्तसम्म नबुझाए नाम सार्वजनिक गरिने

डिसी नेपाल
२० साउन २०८३ १२:३५

काठमाडौं। नेपाल टेलिकमले आफ्ना ग्राहकहरूलाई दूरसञ्चार सेवा उपभोग गरेबापत तिर्न बाँकी रहेको बक्यौता महसुल भुक्तानीमा लाग्ने जरिवानामा विशेष छुट दिने घोषणा गरेको छ।

टेलिकमको केन्द्रीय कार्यालय, केन्द्रीय राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै आर्थिक वर्ष २०८०/८१ सम्मको बाँकी बक्यौता बुझाउने ग्राहकलाई जरिवाना पूर्ण रूपमा मिनाहा गर्ने व्यवस्था गरेको हो।

टेलिकमका अनुसार, यो छुट सुविधा आगामी २०८३ साल पौष मसान्तसम्म बक्यौता रकम भुक्तानी गर्ने ग्राहकहरूले मात्र पाउनेछन्। जरिवाना छुटको यस अवसरको सदुपयोग गर्दै समयमै आफ्नो बाँकी महसुल भुक्तानी गर्न टेलिकमले सम्पूर्ण सम्बन्धित ग्राहकहरूलाई आफूलाई पायक पर्ने नजिकैको दूरसञ्चार कार्यालयमा जान हार्दिक अनुरोध गरेको छ।

तोकिएको समयसीमाभित्र पनि आफ्नो बक्यौता रकम नबुझाउने ग्राहकहरूमाथि भने टेलिकमले कडा कदम चाल्ने चेतावनी दिएको छ। पौष मसान्तसम्म महसुल नतिर्ने ग्राहकहरूको नाम र ठेगानासहितको पूर्ण विवरण कम्पनीको आधिकारिक वेबसाइट तथा पत्रपत्रिकामा सार्वजनिक सूचनाका रूपमा प्रकाशन गरिने टेलिकमले जनाएको छ।

नाम सार्वजनिक गरेपश्चात् कम्पनीले आफ्नो बाँकी बक्यौता उठाउनका लागि कानुनबमोजिम थप असुली प्रक्रिया अगाडि बढाउनेसमेत सूचनामा उल्लेख गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *