प्रसारण लाइनको ‘ह्वीलिङ चार्ज’ सम्बन्धी निर्देशिका तर्जुमा हुँदै छ : मन्त्री श्रेष्ठ

डिसी नेपाल
२९ साउन २०८३ २२:१६

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले नेपालको विद्युत् प्रसारणलाई सहजीकरण गर्नेगरी काम गर्दै आइएको बताएका छन्।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपालको ‘फ्राइडे फोरम’ पुनः शुभारम्भ गर्दै मन्त्री श्रेष्ठले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा खुला पहुँचसम्बन्धी निर्देशिकामार्फत विद्युत् नियमन आयोगमार्फत प्रसारणलाइनको ह्वीलिङ चार्जका बारेमा आवश्यक नीति तर्जुमा गर्ने तयारीमा सरकार जुटेको बताए।

मन्त्री श्रेष्ठले सरकारले अघि सारेको नीतिले लगानी भित्र्याउन पनि यसले सहयोग पुग्ने बताए। उनले फ्राइडे फोरम पुनः शुभारम्भको शुभकामना दिँदै आजको समूहगत छलफलले अझ प्रभावकारी रूपमा मार्गदर्शन गरोस् भन्ने धारणा राखे।

नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले नेपालमा करिब १२ हजार मेगावाटको विद्युत् खरिद–बिक्री सम्झौता भइसकेको अवस्थामा प्राधिकरणले धेरै जोखिम मोलेर विद्युत् व्यापार गर्न सम्भव नभएको स्पष्ट पारे।

उनले यथाशीघ्र निजीक्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउनुपर्ने अवस्था आइसकेको बताए।

स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, नेपालका अध्यक्ष मोहनकुमार डाँगीले फ्राइडे फोरमलाई ऊर्जा क्षेत्रको समस्यामात्रै उजागर गर्ने नभएर समाधान खोज्ने मञ्चका रूपमा उपयोग गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *