फेसबुकमा भरुवा बन्दुकको फोटो पोस्ट गर्ने दुई जना पक्राउ

डिसी नेपाल
५ भदौ २०८३ ९:५५

गोरखा। फेसबुकमा भरुवा बन्दुक बोकेको फोटो पोस्ट गर्ने एक जना र लाइसेन्सबिनाको भरुवा बन्दुक राख्ने अर्का एक जनालाई प्रहरीले गोरखाबाट पक्राउ गरेको छ।

जिल्लाको सिरानचोक गाउँपालिका–६, नयाँसाँघुबाट उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–२, सुनारगाउँ घर भई हाल पालुङटार नगरपालिका–१, खोप्लाङमा ज्यामी काम गर्दै आएका ४३ वर्षीय प्रेम सुनार र सोही स्थानका ३३ वर्षीय विष्णु सुनार रहेका छन्।

प्रहरीका अनुसार प्रेम सुनारले आफ्नो फेसबुक आईडी मार्फत भरुवा बन्दुक बोकेको फोटो पोस्ट गरेका थिए। उक्त फोटोका आधारमा प्रहरीले उनलाई खोजी गर्ने क्रममा लाइसेन्स नभएको एक थान भरुवा बन्दुकसहित नियन्त्रणमा लिएको हो।

प्रेमलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने क्रममा उक्त भरुवा बन्दुक पालुङटार नगरपालिका–१, खोप्लाङ बस्ने विष्णु सुनारको भएको खुलेपछि प्रहरीले विष्णुलाई समेत नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *