२४ घण्टामा देशभर सवारी दुर्घटनामा ६ को मृत्यु, १११ जना घाइते

डिसी नेपाल
५ भदौ २०८३ १४:५९

काठमाडौं। पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १११ जना घाइते भएका छन्।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णालीमा २, सुदूरपश्चिम, गण्डकी, लुम्बिनी र मधेश प्रदेशमा एक एक जनाको मृत्यु भएको छ।

त्यस्तै देशभर भएका दुर्घटनामा १११ जना घाइते भएका छन्। जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १५ जना घाइते भएका छन्। त्यस्तै कोशीमा १७ जना, बागमतीमा १० जना घाइते भएका छन् भने लुम्बिनीमा २९ जना, सुदूरपश्चिममा ९ जना र कर्णालीमा ७ जना घाइते भएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *