काठमाडौंमा भित्रियो अरबी स्वाद, लाजिम्पाटमा खुल्यो सुल्तान अरबिक ग्रिल

डिसी नेपाल
८ भदौ २०८३ १९:१०

काठमाडौं। नेपाली खानाको परम्परागत स्वादसँगै अन्तर्राष्ट्रिय परिकारको माग बढिरहेका बेला काठमाडौंको लाजिम्पाटमा सुल्तान अरबिक ग्रिल एण्ड पापाज् बार एण्ड ग्रिल सञ्चालनमा आएको छ।

फिल्म निर्माता तथा व्यवसायी भविष्य खड्का र व्यवसायी केदारनाथ अधिकारीले अरबी साझेदारसँगको सहकार्यमा सुरु गरेको सुल्तान अरबिक ग्रिलमार्फत् नेपालमा अरबी खानाको स्वाद र परम्परालाई नेपाली तथा विदेशी ग्राहकसम्म पु¥याउने प्रयास गरिएको छ।

सुल्तानको मेनुमा हुमस, मुताब्बल, बाबा गनौस, शोरमा, चिकेन कबाब, शिश ताउक, मन्डी र बिरयानी लगायतका एकसय बढि स्वाद दिने परिकारहरु समावेश छन्।

सञ्चालक भविष्य खड्काले नेपालमा माइस पर्यटनको सम्भावना बढ्दै गरेको उल्लेख गर्दै अरबिक स्वादका लागि विशिष्ट गन्तव्य बन्ने विश्वास व्यक्त गरिन्।

व्यवसायीक अरबी सेफ नै ल्याएर सुरु गरेको सुल्तान अरबिक ग्रिलले आफूलाई केवल रेस्टुरेन्टका रूपमा नभई अरबी खानासँग जोडिएको सांस्कृतिक तथा आतिथ्य अनुभवका रूपमा विकास गर्न खोजेको खड्काले बताइन्।

खानासँगै पेय पदार्थ, संगीत, मनोरञ्जन र सामाजिक जमघटको लागि उपयुक्त वातावरण रहेको र परिवार, साथीभाइ, स्थानीय ग्राहक, पर्यटक तथा काठमाडौंमा रहेका विदेशी पाहुनालाई एउटै स्थानमा खानपान र मनोरञ्जनको अनुभव दिने उद्देश्यले सुल्तान ग्रिलसँगै पापाज ग्रिल एण्ड बार पनि एकै ठाउँमा सञ्चालनमा आएको छ।

पापाज बारमा अन्तर्राष्ट्रिय नृत्यांगनाको आकर्षक नृत्यसँगै अतिथिहरूलाई मनोरञ्जन दिने व्यवस्था गरिएको छ।

काठमाडौंको पर्यटन र आतिथ्य क्षेत्रमा नयाँ–नयाँ अन्तर्राष्ट्रिय स्वाद भित्रिँदै गर्दा सुल्तान अरबिक ग्रिलको प्रवेशलाई अरबियन खानालाई काठमाडौंको ग्यास्ट्रोनोमिक पर्यटनसँग जोड्ने नयाँ प्रयासका रूपमा पनि हेर्न सकिन्छ। विशेषगरी नेपाल आउने मध्यपूर्वी तथा अरबी मुलुकका पर्यटकका लागि परिचित स्वाद उपलब्ध गराउने र नेपाली ग्राहकलाई नयाँ पाक–संस्कृतिसँग परिचित गराउने उद्देश्य सञ्चालकले लिएका छन्।

काठमाडौंमा रहेका विदेशी समुदाय, कूटनीतिक नियोगसँग जोडिएका व्यक्तिहरू, पर्यटक तथा नेपाली खानाका पारखीलाई लक्षित गर्दै नयाँ डाइनिङ अनुभव दिने र आगामी दिनमा सुल्तान हस्पिटालिटी सुरु गर्ने पनि खड्काले बताएकी छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *