नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा बालविकास सहजकर्ताविरुद्ध मुद्दा

डिसी नेपाल
८ भदौ २०८३ १९:१५

काठमाडौं। डडेल्धुराको आलिताल गाउँपालिका–५ स्थित भगवती प्राथमिक विद्यालयकी बालविकास सहजकर्ता मन्जु देवी बोहराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ।

अनुसन्धानका क्रममा बोहराले भारतको उत्तर प्रदेश माध्यमिक शिक्षा परिषद्बाट हाईस्कुल उत्तीर्ण गरेको भन्दै सन् २०१० का नक्कली अंकपत्र, प्रमाणपत्र र प्रव्रजन प्रमाणपत्र तयार गरी विद्यालयमा पेस गरेको पाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

नक्कली प्रमाणपत्रकै आधारमा बालविकास सहजकर्ता पदमा नियुक्ति लिएर पारिश्रमिक तथा अन्य सुविधा प्राप्त गरेको देखिएको आयोगको भनाइ छ।

उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम कसुर भएको ठहर गर्दै आयोगले बोहरालाई कैद र जरिवाना मागदाबीसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *