नेपालमा विपद् तयारी केन्द्रको उपकेन्द्र स्थापना गर्न सम्झौता

डिसी नेपाल
८ भदौ २०८३ १९:४२

काठमाडौं। नेपालमा एसियाली विपद् पूर्वतयारी केन्द्रको उपकेन्द्र स्थापना गर्ने सम्बन्धमा नेपाल र एसियाली विपद् पूर्वतयारी केन्द्रबीच आज परराष्ट्र मन्त्रालयमा सम्झौता भएको छ।

सम्झौतामा परराष्ट्र मन्त्रालयका सहसचिव विष्णुप्रसाद गौतम र केन्द्रका कार्यकारी निर्देशक अस्लाम परवाइजले हस्ताक्षर गरेका छन्।

कार्यक्रममा परराष्ट्र सचिव अमृतबहादुर राई तथा गृहसचिव एवं केन्द्रको सञ्चालक समितिका अध्यक्ष राजकुमार श्रेष्ठको उपस्थिति थियो।

नेपालमा उपकेन्द्र स्थापना भएपछि विपद् प्रतिरोधी क्षमता थप मजबुत बनाउन तथा दिगो विकासलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ। एसियाली विपद् पूर्वतयारी केन्द्र गैरनाफामूलक अन्तरसरकारी संस्था हो। नेपाल सन् २०२५–२०२६ का लागि केन्द्रको सञ्चालक समितिको अध्यक्षसमेत रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *