२० प्रमुख प्रशासकीय अधिकृतसहित ४७ उपसचिवको सरुवा र पदस्थापन
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठूलो संख्यामा उपसचिवहरूको सरुवा तथा पदस्थापन गरेको छ।
मन्त्रालयले सोमबार गरेको निर्णयअनुसार २० प्रमुख प्रशासकीय अधिकृतसहित नेपाल प्रशासन सेवाका ४७ जना उपसचिवलाई विभिन्न स्थानीय तह, मन्त्रालय, आयोग तथा केन्द्रीय निकायमा सरुवा तथा पदस्थापन गरिएको हो।
मन्त्रालयको भदौ ८ गतेको निर्णयअनुसार सार्वजनिक गरिएको सूचीमा नयाँ नियुक्त भई अतिरिक्त समूहमा रहेका २१ जना उपसचिवलाई स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम विभिन्न नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिई पठाइएको छ।
त्यसैगरी, स्थानीय तहमा लामो समय प्रमुख प्रशासकीय अधिकृतका रूपमा काम गरिसकेका अनुभवी कर्मचारीहरूलाई मन्त्रालय, आयोग तथा अन्य केन्द्रीय निकायमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
एकातर्फ स्थानीय तहमा बसेका अनुभवी कर्मचारीलाई केन्द्रमा काम गर्ने अवसर प्रदान गरिएको र अर्कोतर्फ नयाँ उपसचिवहरूले स्थानीय तहमा सेवा प्रवाहको व्यावहारिक अनुभव हासिल गर्ने अपेक्षा गरिएको मन्त्रालयको दाबी छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment