रसुवा, नुवाकोटसहितका जिल्लामा आज राति वर्षाको सम्भावना
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार राति रसुवा, नुवाकोट, धादिङ, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्लामा मध्यम वर्षा हुने सम्भावना रहेको छ।
महाशाखाले ती जिल्लाका एक–दुई स्थानमा भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ।
सम्भावित वर्षाका कारण खोज तथा उद्धारका कार्यमा आवश्यक सावधानी अपनाउन महाशाखाले सम्बन्धित सबैमा आग्रह गरेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment