भ्रष्टाचारको आरोपमा ९ जनाविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१५ भदौ २०८३ १७:१२

काठमाडौं। पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङको पाखापानीदेखि लमहीसम्म सडक क्षेत्रभित्रका रूख अवैध रूपमा कटानी गरी सरकारी सम्पत्तिमा हिनामिना गरेको आरोपमा ९ जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।

अनुसन्धानका क्रममा उक्त क्षेत्रमा २ हजार ७२४ वटा रूख कटानी गरी ४० हजार ५५५ घनफिट काठ निकालिएको र त्यसबाट ८१ लाख ३७ हजार ९०० रुपैयाँ सरकारी नोक्सानी भएको पुष्टि भएको अख्तियारले जनाएको छ।

आरोपपत्र दायर गरिएकामा सडक डिभिजन कार्यालय दाङका प्रमुख राम पुकार जयसवाल, तत्कालीन डिभिजन वन कार्यालय दाङका वन अधिकृत राजु क्षेत्री, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट, वडा नम्बर १ का अध्यक्ष गेमे खड्का, वडा नम्बर ४ का अध्यक्ष वीरबहादुर चौधरी तथा स्थानीय अभिमान चौधरी, नन्दु गिरी, झविन्द्रप्रसाद भण्डारी र केशरबहादुर चौधरी रहेका छन्।

अख्तियारले मुख्य प्रतिवादीहरूबाट बिगो असुल गरी भ्रष्टाचार निवारण ऐनबमोजिम कैद तथा जरिवानाको मागदाबी गरेको छ। अन्य प्रतिवादीलाई मुख्य कसुरदारको मतियारका रूपमा सजायको माग गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *