ग्लोबल आइएमई बैंकद्वारा १० प्रतिशत लाभांश घोषणा: ४ प्रतिशत बोनस र ६ प्रतिशत नगद

डिसी नेपाल
१७ भदौ २०८३ ११:३९

काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।

बैंकको भदौ १७ गते (बुधबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीका आधारमा उक्त लाभांश दिने निर्णय गरेको हो।

घोषित लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) रहेको बैंकले जनाएको छ।

सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियमनकारी निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *