बाढी विपद् र शोकका कारण आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रम स्थगित

डिसी नेपाल
१७ भदौ २०८३ १२:०९

काठमाडौँ। रसुवा र नुवाकोटलाई केन्द्र बनाएर आएको भीषण बाढीका कारण मुलुकले भोगिरहेको अकल्पनीय विपत्ति र शोकलाई मध्यनजर गर्दै आन्तरिक राजस्व विभागले भदौ १६ गते आयोजना हुने करदाता प्रोत्साहन पुरस्कार घोषणा कार्यक्रम स्थगित गरेको छ।

विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र १६ गते नियमित रूपमा करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको थियो। लाजिम्पाटस्थित आन्तरिक राजस्व विभागका अनुसार राष्ट्रिय विपद्को यस विषम परिस्थितिमा उक्त कार्यक्रम स्थगित गरिएको हो।

विभागले भदौ १६ गतेको १५ दिनसहित सिङ्गो भदौ महिनाभरिको विजेताको घोषणा आगामी असोज १ गते एकैपटक गर्ने निर्णय भएकोसमेत जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *