इन्डोनेसियाका जङ्गलमा भीषण डढेलो: धुवाँ र तुवालोले आकाश ढाक्यो, हजारौँ मानिस अस्पताल भर्ना

डिसी नेपाल
१८ भदौ २०८३ १४:१६

काठमाडौं । इन्डोनेसियाका केही क्षेत्रका जङ्गलहरूमा भीषण डढेलो लागेको छ। जसमध्ये केही जङ्गलमा विगत कैयौँ हप्तादेखि डढेलो निरन्तर फैलिरहेको छ।

देशको सुमात्रा र कालिमन्तान क्षेत्रहरू धुवाँ र तुवालोले पूर्ण रूपमा ढाकिएका छन्, जसका कारण त्यहाँका लाखौँ मानिसहरू प्रभावित भएका छन्। यी दुवै क्षेत्र बोर्नियो टापुमा पर्दछन्।

इन्डोनेसियामा धुवाँ र तुवालोका कारण श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि हजारौँ मानिसहरू उपचारका लागि अस्पताल भर्ना भएका छन्।

देशमा ‘क्लाउड सिडिङ’ (कृत्रिम वर्षा) र दमकल विमानहरूमार्फत डढेलो निभाउने प्रयास निरन्तर जारी छ।

इन्डोनेसियामा लागेको डढेलोका कारण छिमेकी मुलुकहरू मलेसिया र फिलिपिन्सको आकाशमा समेत बाक्लो तुवालोको तह छाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *