भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा नेकपाको २५ लाख सहयोग

डिसी नेपाल
१८ भदौ २०८३ १८:३३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भोटेकोशीका बाढीपीडितको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख सहयोग जम्मा गरेको छ।

बाढीका कारण प्रभावित भएकाहरूको खोज, उद्धार, राहत तथा पुनर्स्थापनाका लागि सिङ्गो पार्टी पङ्क्तिलाई परिचालन गरिएको नेकपाले जनाएको छ।

विपद्को यो घडीमा उद्धार र राहत कार्यमा आवश्यक समन्वय, सहयोग र सहकार्य गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ‘विपद् व्यवस्थापन डेस्क’ स्थापना गरिएको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिए।

साथै, बाढीपीडित, तिनका परिवार वा आफन्तहरूसम्बन्धी कुनै पनि सूचना उपलब्ध गराई सहयोग गर्न पनि पार्टीले सबैमा अपिल गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *