परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सकी विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता
काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाललाई माल्दिभ्सका विदेशमन्त्री इरुथिशाम आदमले टेलिफोन गरी नेपालप्रति गहिरो समवेदना र ऐक्यबद्धता व्यक्त गरेकी छन्।
सोमबार दिउँसो टेलिफोन कुराकानीका क्रममा आदमले दुःखको यस घडीमा माल्दिभ्स सरकार र त्यहाँका जनताका तर्फबाट नेपाल सरकार तथा नेपाली जनताप्रति गहिरो समवेदना व्यक्त गर्दै ऐक्यबद्धता जनाएकी थिइन्।
मन्त्री खनालले कठिन परिस्थितिमा नेपालप्रति माल्दिभ्स सरकार र जनताले देखाएको ऐक्यबद्धता तथा सहयोगप्रति गहिरो आभार व्यक्त गरेका थिए।
दुवै विदेशमन्त्रीले जलवायु परिवर्तनबाट जोखिममा रहेका देशहरूले सामना गरिरहेका साझा चुनौतीका विषयमा समेत छलफल गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उनीहरूले क्षेत्रीय तथा बहुपक्षीय मञ्चमार्फत जलवायु न्याय अघि बढाउन र जलवायु परिवर्तनविरुद्ध थप प्रभावकारी कदम चाल्ने प्रतिबद्धता दोहोर्याएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment