नेप्से १८ अंकले बढ्दा २५६० विन्दु पार, ३ अर्ब ८३ करोडको कारोबार

डिसी नेपाल
२२ भदौ २०८३ १५:५७

काठमाडौं। नेप्सेमा आज वृद्धि भएको छ। आज विहिबार नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुगेर रोकिएको छ।

आज ३५२ कम्पनिका ९२ लाख ९८ हजार ९४ कित्ता शेयर ३ अर्ब ८३ करोड १५ लाख ८४ हजार ४२३ मा कारोबार भएको थियो। आज फाइनान्स र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।

आज, सबैभन्दा बढी पियोर इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ भने गणपति लघुवित्तको शेयर ७.३५ प्रतिशतले बढेको छ। त्यस्तै आज सबै भन्दा बढी इमर्जिङ नेपालको शेयरमा नकारात्मक सर्किट लागेको छ।

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिंग मिल्सको २५ करोड २१ लाख बराबरको कारोबार भएको छ भने गरिमा विकास बैंकको १७ करोड ८८ लाख बराबरको कारोबार भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *