एनपीएल-३ को प्रत्यक्ष प्रसारण नेटटिभी र हिमालय टिभीबाट, टिकटिङ अधिकार इसेवालाई
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि प्रसारण तथा टिकटिङ अधिकार बिक्रीसम्बन्धी प्रक्रिया पूरा गरेको छ।
संघका अनुसार प्रत्यक्ष प्रसारण अधिकार नेटटिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ। त्यस्तै, टेलिभिजन प्रसारण अधिकार नेपाल भित्र मात्र हिमालय टेलिभिजन नेटवर्क प्रालिले १४ करोड ६४ लाख रुपैयाँमा पाएको छ।
टिकटिङ अधिकार इसेवाले ८५ लाख रुपैयाँमा प्राप्त गरेको छ। सम्झौताअनुसार टिकट बिक्रीबाट हुने आम्दानीको ९५ प्रतिशत नेपाल क्रिकेट संघ र ५ प्रतिशत इसेवाले प्राप्त गर्नेछन्।
नेपाल क्रिकेट संघले प्रसारण तथा टिकटिङ अधिकार प्राप्त गरेका संस्थासँग सहकार्य गर्दै एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment