मुक्तिनाथ क्यापिटलले १ अर्बको ‘मुक्तिनाथ म्युचुअल फण्ड-२’ निष्कासन गर्दै
काठमाडौं। मुक्तिनाथ क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँबराबरको नयाँ बन्दमुखी योजना ‘मुक्तिनाथ म्युचुअल फण्ड-२’ निष्कासन गर्ने भएको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्रीमा ल्याउन लागेको हो।
कुल इकाईमध्ये १३ प्रतिशत (१ करोड ३० लाख इकाई) कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक र २ प्रतिशत (२० लाख इकाई) योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटलका लागि सुरक्षित गरिएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन्।
१० वर्षे अवधिको यो फण्डमा आगामी असोज १ गतेदेखि ६ गतेसम्म आवेदन दिन सकिनेछ।
सो अवधिमा पर्याप्त आवेदन नपरेमा असोज १५ गतेसम्म म्याद थप हुनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि मेरोसेयर वा सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।
इकाई बाँडफाँटका लागि कम्तीमा ५० प्रतिशत (५ करोड इकाई) बिक्री हुनुपर्नेछ। न्यूनतम सीमा पूरा नभएमा योजना खारेज गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गरिने क्यापिटलले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment