नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, साधारण शेयरतर्फ ५% बोनस र १०.८०% नगद

डिसी नेपाल
२२ भदौ २०८३ १३:०५

काठमाडौं। नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ

बैंकको सञ्चालक समितिको आइतबार बसेको ७१२औँ बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश दिने निर्णय गरेको हो

प्रस्तावित बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा र नगद लाभांशका लागि २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा विनियोजन गरिएको छ। सो रकममा बोनस तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ

यसैगरी, बैठकले बैंकको ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश (आर्थिक वर्ष २०८२/८३ मा बाँडफाँटको मितिबाट समानुपातिक रूपमा २१३ दिनको करसहित) वितरण गर्ने प्रस्ताव समेत गरेको छ

हाल बैंकको अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९६ हजार ७२९ रुपैयाँ २६ पैसा पुगेको छ

आर्थिक वर्ष २०८२/८३ मा हासिल भएको सन्तोषजनक वित्तीय नतिजा र दिगो व्यावसायिक वृद्धिका आधारमा शेयरधनीहरूलाई उचित प्रतिफल दिन लाभांश प्रस्ताव गरिएको बैंकले बताएको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र शेयरधनीहरूलाई वितरण गरिनेछ

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो, जसले २६३ शाखा र ३१५ एटीएममार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ। बैंकले हाल ‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई सशक्त रूपमा अगाडि बढाएको जनाएको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *