राष्ट्रपति पौडेलद्वारा आज राष्ट्रका नाममा सम्बोधन गर्ने

डिसी नेपाल
२२ भदौ २०८३ १४:४०

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो साढे ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्

रसुवा र नुवाकोटका बाढी प्रभावित क्षेत्रहरूको स्थलगत निरीक्षण तथा अवलोकन गरी फर्किएलगत्तै राष्ट्रपति पौडेलले नेपाल टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्न लागेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए

सोमबार नै बाढीपहिरो प्रभावित क्षेत्र पुगेका राष्ट्रपति पौडेलले त्यहाँ भएको भौतिक क्षति र उत्पन्न मानवीय संकटबारे नेपाली सेना तथा स्थानीय अधिकारीहरूबाट विस्तृत जानकारी लिएका थिए

गत भदौ १० गते आएको भीषण बाढी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण हालसम्म १ हजार ३ सय ५५ जनाको मृत्यु भइसकेको छ भने ४ हजार ९ सय ९६ जना अझै बेपत्ता रहेका छन्


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *