प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १२ अर्ब ४३ करोडभन्दा बढी संकलन

डिसी नेपाल
२५ भदौ २०८३ ११:४०

काठमाडौं।  प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कुल १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ मौज्दात पुगेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरणअनुसार विभिन्न नौ वटा बैंकमा ९ अर्ब १४ करोड ३९ लाख ९८ हजार ५०३ रुपैयाँ जम्मा भएको छ।

यसैगरी कोषको दुई वटा बैंकमा रहेको डलर खातामा २ करोड १६ लाख ३७ हजार ६९१ अमेरिकी डलर संकलन भएको छ। नेपाली रुपैयाँ र डलर खाताको रकम समायोजन गर्दा कोषमा कुल उपलब्ध रकम १२ अर्ब ४३ करोड ३३ लाख १० हजार ४१ रुपैयाँ पुगेको कार्यालयले जनाएको छ।

कोषमा भदौ २५ गते मात्रै नेपाली रुपैयाँतर्फ १७ करोड २५ लाख ६९ हजार ६७५ र डलरतर्फ २ लाख ७४ हजार ६२ अमेरिकी डलर थप संकलन भएको छ।

उक्त राहत कोषबाट केही दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका पीडितहरूलाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत १ अर्ब रुपैयाँ निकासा गरिसकिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *