सुन-चाँदीको मूल्यमा वृद्धि, तोलामा ३ हजार ४ सयले बढ्यो सुन

डिसी नेपाल
२५ भदौ २०८३ ११:४२

काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८०० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन अर्थात् बुधबार सुन प्रतितोला ३ लाख २ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा आज सुनको मूल्य प्रतितोला ३ हजार ४०० रुपैयाँले बढेको हो। महासंघका अनुसार आज सुनको मूल्य प्रतिदश ग्राम २ लाख ६२ हजार १७५ रुपैयाँ कायम भएको छ, जुन बुधबार प्रतिदश ग्राम २ लाख ५९ हजार २६० रुपैयाँ रहेको थियो।

यसैगरी, चाँदीको मूल्यमा पनि वृद्धि आएको छ। आज चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदी प्रतितोला ४ हजार ७५० रुपैयाँमा खरिदबिक्री भएको थियो।

महासंघको तथ्यांकअनुसार आज चाँदीको मूल्य प्रतिदश ग्राम ४ हजार १६३ रुपैयाँ कायम भएको छ। बुधबार प्रतिदश ग्राम चाँदीको मूल्य ४ हजार ७३ रुपैयाँ कायम रहेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *