नेपाल संस्कृत विश्वविद्यालयको रेक्टरमा प्राडा रेग्मी र रजिस्ट्रारमा प्राडा कट्टेल नियुक्त
काठमाडौं। सरकारले नेपाल संस्कृत विश्वविद्यालयको खाली रहेको रेक्टर (शिक्षाध्यक्ष) र रजिस्ट्रार (कुलसचिव) पदमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।
शिक्षामन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको रेक्टरमा प्रा.डा. जगन्नाथ रेग्मी र रजिस्ट्रारमा प्रा.डा. नवराज कट्टेललाई नियुक्त गरेका हुन्। यसअघि विश्वविद्यालयको उपकुलपति (भीसी) पदमा प्रा.डा. भीम खतिवडा नियुक्त भइसकेका छन्।
यी तीनै प्रमुख पदाधिकारीहरूको चयन खुला प्रतिस्पर्धाका आधारमा गरिएको हो। विश्वविद्यालयका पदाधिकारी चयनलाई पारदर्शी बनाउन सरकारले प्रा.डा. माधवशरण उपाध्यायको संयोजकत्वमा तीन सदस्यीय छनोट समिति गठन गरेको थियो।
उक्त समितिले दरखास्त आह्वान गरी खुला प्रतिस्पर्धा गराएको थियो। समितिले प्रत्येक पद (उपकुलपति, रेक्टर र रजिस्ट्रार) का लागि संक्षिप्त सूचीमा परेका तीन-तीन जना योग्य उम्मेदवारको नाम सिफारिस गरेपछि सोही सिफारिसका आधारमा मन्त्रीस्तरीय निर्णयबाट उनीहरूलाई नियुक्त गरिएको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment