अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेनको पहल: उद्योगी-व्यवसायीहरूसँग बालुवाटारमा छलफल
काठमाडौं। देशको बिग्रँदो आर्थिक अवस्थालाई सुधार गर्दै निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले प्रमुख उद्योगी तथा व्यवसायीहरूसँग विशेष छलफल सुरु गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा जारी उक्त बैठकमा देशका अग्रणी उद्योगी-व्यवसायीहरू बिनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्।
भेटघाटमा मुख्यतः मुलुकको विद्यमान आर्थिक अवस्था, उद्योग-व्यवसाय सञ्चालनका क्रममा निजी क्षेत्रले सामना गरिरहेका व्यावहारिक झन्झट, लगानीमैत्री वातावरण निर्माण, नयाँ रोजगारी सिर्जना तथा सुस्त बनेको आर्थिक गतिविधिलाई थप चलायमान बनाउने उपायहरूमाथि गहन छलफल भइरहेको छ।
बैठकमा सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी र नतिजामुखी बनाउने विषयमा जोड दिइएको छ।
वर्तमान अर्थतन्त्रमा देखिएका सुस्तता र चुनौतीहरूलाई साझा प्रयासबाट समाधान गर्ने तथा नयाँ लगानी आकर्षित गर्दै व्यवसाय विस्तारका लागि अनुकूल नीतिगत एवं संरचनात्मक वातावरण तयार पार्ने विषयमा संवाद केन्द्रित रहेको जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment