कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज, महाधिवेशनबारे छलफल हुने

डिसी नेपाल
२८ भदौ २०८३ ८:२३

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न बस्ने भएको छ । पार्टीको १५औँ महाधिवेशनका विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

पार्टी केन्द्रीय कार्यालयमा हुने बैठकमा महाधिवेशनको तयारी तथा त्यससँग सम्बन्धित विषयमा छलफल हुने कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले राससलाई जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूका साथै प्रदेश सभापतिहरूलाई अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *