मधेशमै इन्जिनियरिङ अध्ययन: तीन वर्षभित्र आईओईको नयाँ क्याम्पस सञ्चालनमा ल्याउने सरकारको तयारी
सांकेतिक तस्बिर : एआई
काठमाडाैं। सरकारले मधेश प्रदेशमा त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ आङ्गिक क्याम्पस स्थापना गर्ने तयारी थालेको छ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेशका विद्यार्थीले प्राविधिक शिक्षाका लागि अन्य प्रदेश जानुपर्ने बाध्यता, अतिरिक्त आर्थिक भार र व्यावहारिक समस्या अन्त्य गर्न यो ऐतिहासिक पहल गरिएको बताउनुभएको छ।
क्याम्पस निर्माणका लागि उपयुक्त स्थान तय गर्न छिट्टै एक विशेष अध्ययन समिति गठन गरिनेछ।
निश्चित समयसीमा तय भइनसके पनि आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने गरी आन्तरिक तयारी भइरहेको छ। नयाँ क्याम्पसलाई परम्परागत अध्यापनमा मात्र सीमित नराखी आधुनिक प्रविधि, नवप्रवर्तन र वैज्ञानिक अनुसन्धानको केन्द्रका रूपमा विकास गर्ने सरकारको योजना छ।
हाल पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा मात्र सीमित रहेको आईओईको विस्तारले मधेश प्रदेशमै गुणस्तरीय प्राविधिक शिक्षाको पहुँच पुर्याउनुका साथै स्थानीय स्तरमै अनुसन्धान र प्राविधिक नवप्रवर्तनको वातावरण बनाउने अपेक्षा गरिएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment