प्रधानसेनापति अशोकराज सिग्देल बेइजिङ प्रस्थान
काठमाडौं। नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमणका क्रममा आइतबार बिहान बेइजिङ प्रस्थान गरेका छन्।
चीनको निमन्त्रणामा भदौ २८ देखि असोज ३ गतेसम्म हुने साताव्यापी भ्रमणका लागि उनी त्यसतर्फ लागेका हुन्।
प्रधानसेनापति सिग्देल बेइजिङमा आयोजना हुने १३औं ‘बेइजिङ सियाङसान फोरम’मा सहभागी हुने नेपाली सेनाले जनाएको छ। भ्रमणका क्रममा उनले बहुपक्षीय सुरक्षा तथा सैन्य कूटनीतिका विविध विषयमा छलफल गर्ने कार्यक्रम छ।
चीन प्रस्थान गर्नुअघि प्रधानसेनापति सिग्देललाई जङ्गी अड्डामा नेपाली सेनाको एक टुकडीले सम्मान गारथ अर्पण गरेको थियो। उनको अनुपस्थितिमा सेनाको कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी बलाधिकृत रथी प्रदीपजंग केसीले सम्हाल्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment