रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक: विपद् सामना गर्न साझा संयन्त्र बनाउने एजेण्डा
काठमाडौं। देशमा आइपरेका प्राकृतिक विपद्को सामना, जोखिम न्यूनीकरण तथा प्रभावकारी व्यवस्थापनका लागि उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बस्न लागेको उक्त बैठकमा शीर्ष राजनीतिक नेताहरूको सहभागिता रहनेछ। रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज (बुधबार) बिहान ११ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा आयोजना गरिएको हो।
पछिल्लो समय भोटेकोशी बाढी तथा विभिन्न क्षेत्रमा गएको भूकम्प र पहिरोजस्ता प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भइरहेको सन्दर्भमा दलीय राजनीतिभन्दा माथि उठेर साझा धारणा बनाउन यो पहल गरिएको हो।
बैठकमा दलहरूबीच समन्वय बढाउने, उद्धार तथा राहत कार्यलाई एकीकृत बनाउने र भविष्यमा आउने विपद्को सामना गर्न राष्ट्रिय तहको उच्चस्तरीय राजनीतिक संयन्त्र निर्माण गर्ने विषयमा गहन छलफल हुने जनाइएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment