प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरुको भेटवार्ता

डिसी नेपाल
३१ भदौ २०८३ १९:१८

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरुले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गरेका छन्।

भेटमा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपाल सरकार र बाढी प्रभावित नागरिकप्रति जापानले देखाएको सद्भाव, सहयोग तथा ऐक्यबद्धताप्रति आभार व्यक्त गरेका थिए।

राजदूत तोरुले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै विपद्पछिको पुनःस्थापना तथा पुनर्निर्माणमा जापानले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

भेटवार्तामा नेपाल–जापानबीच भइरहेको सहकार्य तथा आपसी सम्बन्धका विभिन्न पक्षबारे पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *