नेपाली कवि रञ्जना निरौलालाई इटालीको प्रतिष्ठित ‘ग्र्यान्ड जुरी प्राइज’ प्रदान

डिसी नेपाल
१ असोज २०८३ ११:२१

काठमाडौं । नेपाली कवि, लेखक तथा समीक्षक रञ्जना निरौलालाई उहाँको अंग्रेजी कविता ‘सिटी लाइट्स’  का लागि इटालीको प्रतिष्ठित ‘इल मेलेतो दि गुइडो गोजानो’  साहित्य पुरस्कारअन्तर्गत ‘ग्र्यान्ड जुरी प्राइज’ प्रदान गरिएको छ।

मार्च २०२६ मा घोषित अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा विश्वभरबाट प्राप्त अनेकौँ उत्कृष्ट रचनाहरूमध्येबाट निरौलाको ‘सिटी लाइट्स’ कविता छनोटमा परेको हो।

विश्वका विभिन्‍न देशका प्रतिष्ठित लेखक, कवि, अनुवादक, सम्पादक तथा कलाकार सम्मिलित अन्तर्राष्ट्रिय जुरीले गहन मूल्यांकन गरी यो पुरस्कारका लागि उहाँको कवितालाई चयन गरेको जनाइएको छ।

पुरस्कार निर्णायक समितिमा ओमानकी अमिता संघवी, बेलायतकी दाना नेरी, ग्रीसकी जान्थी होन्द्रो-हिल, फ्रान्सका मार्को पेर्ना र अर्जेन्टिनाकी अलेहान्द्रा मिरान्डा रहेका थिए। उक्त जुरीको संयोजन भने लिलिता कोनरियरी र लिडिया कियारेलीले गरेका थिए।

लेखक तथा समीक्षक निरौला कलिङ्ग साहित्य महोत्सव  काठमाडौंकी निर्देशक हुन्। उनका नेपालीमा ‘अनुभूति एकाउन्स’ र ‘अनुभूतिका अवतरण’ (निबन्ध संग्रह) तथा कविता संग्रहहरू प्रकाशित भइसकेका छन्।

यसअघि उनी प्रतिष्ठित ‘कलिङ्ग साहित्य पुरस्कार’  र ‘गोल्डेन हर्ट इन्टरनेसनल अवार्ड’ जस्ता विभिन्‍न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट विभूषित भइसकेकी छन्।

पुरस्कार प्राप्तिपछि निरौलाले यस सम्मानलाई नेपाली भाषा, साहित्य र नेपाली स्रष्टालाई अन्तर्राष्ट्रिय साहित्यिक समुदायसँग जोड्ने एउटा महत्त्वपूर्ण अवसरका रूपमा लिएको बताएकी छन्। साथै, यस उपलब्धिले आफ्नो भावी साहित्यिक यात्रामा थप प्रेरणा, दायित्व र जिम्मेवारी बोध गराएको धारणा उनले व्यक्त गरिन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *