नौ लाख घुससहित नापी अधिकृत पक्राउ
काठमाडौं। छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालयमा पठाउन घुस मागेको आरोपमा नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय डिल्लीबजार, ३ नम्बर नापी टोली माछापोखरीका टोली प्रमुख वलीलाई ९ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा टोखा नगरपालिका–५ वसुन्धारा चोकस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरेको हो।
अख्तियारका अनुसार उनलाई भदौ ३१ गते पक्राउ गरिएको थियो। विशेष अदालतको आदेशबाट विहिबार म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment