अवैध कल बाइपासमा संलग्न भारतीय नागरिक पक्राउ

डिसी नेपाल
१ असोज २०८३ १७:३९

चितवन। अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको आरोपमा चितवनको भरतपुरबाट एक भारतीय नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय चितवनको संयुक्त टोलीले भारतका २५ वर्षीय कथराम नितिनलाई भरतपुर महानगरपालिका–२ आँपटारीस्थित एक घरबाट नियन्त्रणमा लिएको हो।

नेपाल टेलिकम र एनसेल आजियाटाको प्राविधिक समन्वयमा गरिएको कारबाहीका क्रममा उनको साथबाट २६ थान मोबाइल, २ थान ल्यापटप, ७७ थान एनसेल सिमकार्ड, १८ थान नेपाल टेलिकम सिमकार्ड, ४ थान कम्प्युटर, ३३ थान युएसबी मोबाइल उपकरण, ६ थान २० पोर्टको युएसबी उपकरण, ३० थान युएसबी–अडियो तार, राउटर, नेटवर्क स्विच, इन्भर्टर, ब्याट्री तथा विभिन्न तार बरामद गरिएको छ।

प्रारम्भिक अनुसन्धानमा बरामद उपकरण तथा सामग्री अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा प्रयोग भइरहेको खुलेपछि जिल्ला प्रहरी कार्यालय चितवनले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *